भगवानलाई जति भेटि चडाएपनि
मागेको कँहा पाइन्छ र
ढुंगालाई जति पुजा गरेपनि
तिम्रो पिडा त्यसले कँहा सुन्छ र
सुखमा पो साथ दिन्छन
दुख सुन्ने कस्लाई फुर्सद हुन्छ र
पैसा पो बोल्छ त
सित्तैमा दिएको अर्ति कस्लाई पच्छ र
साथ लिने हजार छन्
दिने फुर्सद कस्लाई छ र
हँस्दा हाँस्नेहरू
रूँदा आँशु पोस्ने फुर्सद कस्लाई छ र