मानिस!

कसैको हाँसो भित्र लुकेको आँशु कसैको आँशु भित्र रमेको हाँसो कसैको क्षितिजलाई छुने लक्ष्य कसैको खुट्टा तान्ने प्रविदि कसैको आँखामा त्यो शितल जून कसैको आँखामा त्यो कालो रात कसैको लागि प्रचण्ड ताप सूर्यको कसैको लागि प्राणनै सूर्य हो कसैको सागरको गहिराइ जस्तै सपना कसैको त्यो माझ रहेको व्याकूल्ता कसैको नाम जस्तै काम कसैको काम जस्तै नाम कसैको लागि एक छाक पनि अमृत कसैको लागि हजार छाक पनि बिख् कसैलाई जति भए पनि नपुग्ने कसैलाई केहि नभए पनि सब पुग्ने कसैको बोलि पिच्छे राम मात्र कसैको आचरणमै खोट मात्र कसैको मिठास भित्र लुकेको तिखो सुई कसैको तितो बचन भित्र लुकेको इस्नेह कसैको सोरबाट निस्केको मिठो संगित कसैको चर्को बोलिले थर्केको सारा जगत कसैलाई साथ मिठो कसैलाई एकान्त जिन्दगीको कहिले नसकिने भागदैर् यो आखिर जित हुन्छ संधै मृत्युको यी बिचमा एस्तै-तेस्तै, म एक मानिस!