लामो यात्रा पछिको थकान मेटी
गन्तव्यतिर लम्केको बटुवा
निर्दयी सूर्यले छरेको
ग्रिष्म तापमा उम्लिएर बगेको निदार माथिबाटको पसिना
सितल छाहारीको खोजमा
भैतारिएका यी आँखाहरू
सुस्ताउदो बतासको भित्री चाहना
गलाको प्यासले खोजेको
अमृत पानीको एक बुंद
जमिनको रापमा पोलेको
यी स्तम्ब सरह पैदल
मेरा मेटिएका पाइलाहरू
मनभरिका सपना अट्ने
मेरो त्यो सुन्दर सोपनदेश
जिवनपथमा हिडिरहेको
म एक बटुवा...!