एकान्तमा एकोहोरो टोलाउदा
बितेका समय सम्झनी बनि आइदिन्छ
तिम्रा मिठा मुस्कान आँखा सामु छाइदिन्छ
मनैमन तिम्रो नाम गुन्गुनाइदिन्छ
क्षितिज मूनि डूब्न लागेको सूर्य हेर्दा
तिमीसँग बिताएको समय कल्पना बनि आइदिन्छ
त्यो क्षितिजमा टोलाएर बस्दा
तिम्रा गाजलू आँखाको सम्झनिले फेरि पिरती लाइदिन्छ
त्यो जूनेलि रातको जून हेरि रहदा
तिम्रो हँसिलो मुस्कान तस्बिर बनि आइदिन्छ
जूनकिरीको चिमचिम ज्योति बल्दा
तिम्रा गुलाबी ओँठ चुमुचुमु लाइदिन्छ
झरि परेर पानीको स्पर्श धर्तीमा पर्दा
प्रकृतिको बगैँचामा संगितले आगमन गरिदिन्छ
वर्षातको त्यो मैसममा तारासँगै चन्द्रले गतिलिँदा
ट्वाँर्र-ट्वाँर्र र चिरबीरले पिरतीको गान गाइदिन्छ
बन्द कोठाको एकान्तमा हुँदा
तिम्रो नै सम्झनि मनभरि आइदिन्छ
तस्वीरमा तिमीलाई हेरेर टोलाउँदा
पिरतीको दुनियामा हराउने चाहा पलाइदिन्छ
...सँगै जीवन बिताउने चाहा आइदिन्छ!!