यदि खान मिल्ने भए!

यदि आकाशका लाखौँ तारा धर्तीमा ल्याउन मिले धर्ती पनि आफैमा चम्कन्थ्यो होला यदि सूर्यको ताप आफूमा भए मन चिसो कहिले हुन्नथ्यो होला यदि सपनानै बिपनी भएको भए सपनीनै जीवन भर आउन्नथ्यो होला सुखको माझ दुख नहुने भए दुखको पिडा कसैले थाहा पाउन्नथ्यो होला यदि माया खाएर बाँच्न मिल्ने भए युध्द भन्ने शब्दनै विश्वमा हुन्नथ्यो होला यदि सबको मन निष्चल र सफा भएको भए रामराम जब्दै मठमन्दिर धाउन्नथ्ये होला यदि मान्छेको मुल्ये कागजले नतोकेको भए सब मानवमा समान ईस्थर र कदर हुन्नथ्यो होला यदि सपनामै जिन्दगी बन्ने भए सबको सुन्दर जीवन हुन्नथ्यो होला यदि पृथ्वी पनि बोल्न सक्ने भएको भए आज आफ्नो घाउको पिडामा चिच्याइ चिच्याइ रून्थ्यो होला यदि समयलाई रोक्न मिल्ने भए पृथ्वीले धेरै पहिलेनै समय रोक्थ्यो होला आज धर्तीले यो सब देख्न र सहन पर्थेन होला!!