ती फुलका माला नचडाउ
यो चिताको लासलाई
भगवानलाई चडाए
पुन्ने लाग्नेछ
ती कात्त्रो नओडाउ
यो प्राणहिन लासलाई
आफूले लगाए
तिम्रो लाज धाक्नेछ
गला फाटी नचिच्चाउ
यो मरेको लासलाई
सुरिलो तिम्रो स्वर
फेरि गला बस्नेछ
मायालु गीत नसुनाउ
यो कान नसुन्ने बैरालाई
तिम्रो मिठो संगितको
अर्थ घट्नेछ
अन्मोल आँसु नझार
यो बलेको लास हेरि
दुखमा फेरि
आफैलाई कम हुनेछ
यो लासको सम्झना नगर
चितामा खरानी बन्दैछ
नदि हुँदै समुन्द्रमा मिल्दैछ
आजको सानो पिडा, तर भोलि त सबै तिम्रो छ।।