सानो हुदा आमाले भन्थिन्
"यो संसार मन्दिर हो,
हामी यसका भक्त"
कुरा सुनेर मपनि हुन्थे छक्क
जब जिन्दगीको परिभाषा बुझें
भिजेको बिरालोजस्तै मपनि रुझें
संकटको आर्को नाम जिन्दगी
हामी रहेछौँ यसैको बन्दगी
जतापनि मन चिसो
र बनावोटी नाताहरू त्यसै तितो
मान्छे बोल्छन् एक
हन्छ उसको मनमा अनेक
हास्नेहरू, रुनेहरू
सबका आ-आफ्नै भोगाइहरू
जताततै बिलासिताहरू
संकटका ठूला-ठूला पाहाडहरू
यो सबले परिसान
बस्तबिक्ताबाट भाग्ने बानी बस्यो
मनका आँटलाई करौतीले काट्दै
सपनामा रमाउने बानी बस्यो
सुन्दर लाग्ने द्दिर्शेहरू
आँखा धमिलिएछ
पाप धुने नदिहरू
आफ्नै पाप तुहिएछ
निलो आकाशका काला दागहरू
सूर्यको तेज तापले
मन कालो भएर तेसै डडेको बेला
छोएन त्यसको रापले
तर्सेर मन बिपनीबाट भाग्छ
आतिएर तन मुटु काम्न लाग्छ
जब मुटुले दिमागको काम गर्न थाल्यो
तब दिमागको सपनी देख्ने बानी बस्यो
डरमा आतिएको जिन्दगी
आशले अड्डिएको जिन्दगी
रोदनमा पोतिएको जिन्दगी
सुखको प्रतिक्षामा लम्केको जिन्दगी
पीडाले घेरेको जिन्दगीलाई
आशाको प्रतिक्षा गर्ने बानी बस्यो
पूर्णिमाको आश रहेको यो जिन्दगीलाई
सपनीमै हराउने बानी बस्यो
संकटै-संकटले भरिएको
भिरालो बाटो, काट्नै डर लाग्यो
बैरागी यो जिन्दगीबाट भाग्न
सपना देख्ने बानी बस्यो।।