यता आयो, उता आयो
वर्षबित्न थालिसक्यो, तैपनि वारम्बार आइरह्यो
जमिन त एकैछिन हल्लायो
तर यस्ले मन वारम्वार हल्लाइह्यो
एकछिन आतिए, एकछिन तात्तिए
आफूलाई तल फाले
अँध्यारोमा फाल हान्दा
सिस्नोको झाँऩ्गमा आफूलाई पारे
७२को ७२ झट्का
हावा हुरि सँगै, असिनाको फट्का
राहतको नाममा खाने दलालनै कतिका
यो गाऊँ खाने नजान्नेलाई एक चड्कन पड्का
दक्षिण बन्द भए उत्तर खोल्ने नारा
नालाएक नेताको गफ पत्याउने जनतानै मुर्ख सारा
हात्तीको मुखमा जिरा, सम्विदानको कुरा
हामीलाईनै निचारेर दक्षिणपट्टिलेभन्छन,'सु...रि आ'
२३वर्ष पछिको चमत्कार
देशको जितमा लगाए सुनौलो हार
आशा अब आउँछकि खेलमा नयाँ युग
आशा अब जन्मन्छन् कि लाखौँ नवयुग
विश्व मंगलमा पुग्दापनि नेपालीको ढुङ्गो युग
२००० साल कटि सग्दापनि भोको पेटकै दुख
दुई कक्षा पासलेनै हान्छ देशहांक्ने ठुला गफ
२-४ पल्ट जेलके परेको थियो, भयो मन्त्री टिपटप
यता आयो, उता आयो
वर्षबित्न थालिसक्यो, तैपनि वारम्बार आइरह्यो
जमिन त एकैछिन हल्लायो
तर यस्ले मन वारम्वार हल्लाइह्यो!!