सुरूमा म रोए
आफ्ना पिडा
नजिक सम्झेकालाई सुनाए
किन यस्तो मलाई
भनि भगवानसँग
जवाफ चाहें
बिचरा मुर्ति
के बोल्थो र
त्यसलाई हेरि टोलाए
आफ्नो पिडामा
नज्दिकी पराई
हुँदै गएको मैले पाए
एक्लोपनलाई साथी बनाए
'म गर्न सक्छु'
यहि अठोट सहित
अघि बडें
दोस्रो पटक
मर्ने विचार आयो
नजिक सम्झेकोसँग
सहयोग मागे
'यो परिस्थितीबाट पन्छिन
मलाई सहयोग गर' भने
'म परिबर्तित भए, गर्न सक्दिन' भन्ने जवाफ आयो
आफूलाई एकदम एक्लो पाए
अनि मर्ने विचार झन बड्यो
तैपनि आफूलाई सम्हाले
दुख पर्दा कोहि आफ्नो
नहुदो रहेछ ज्ञान पाए
'म गर्न सक्छु'
यहि मनमा राखी
आफूलाई हौंसलादिलाए
तेस्रो पल्ट
मेरो मननै चुंड्यो
न भन्नलाई कोहि छ
न त टुटेको मुटुनै
अब जोडिनेछ
आँशुपनि सुकिसक्यो
मनमा मात्र पिडा बड्दै गयो
यो संसारमा म
कति एक्लो छु
जिन्दगीको ठुलो पाठ
सिक्दै छु
जिन्दगीले बारम्बार
तराजुमा तैलिरहेछ
खै किन हो
संसारबाटै मलाई एक्लाइ रहेछ
सबसंग त नाता तोडि सकें
आफूले नै आफूलाई धेरै पल्ट उठाइ सके
अब यहि हड्डिमा रहेको छाला
उठाउन चाहन्छौ भने
मेरो सरिर तिमीलाईनै सारा
अचेल,
म पिजडाको चरा जस्तै
निलो आकाशको कल्पना गर्छु
बादलमा आफू रमेको दिन सम्झन्छु
यो कोठा मेरो संसार भाकोछ
बेलाबेलामा बज्ने संगित मेरो साथी भाकोछ
किताबमा आफूलाई कोर्छु
कहिले काँही आउने चिसो हावाले
आफू जिउदै रहेको आभास हुन्छ
केही मिठा केही तिता बिगत सम्झन्छु
मध्य रातमा झस्केर उठ्छु
यता र उता फर्कँदैमा रात धल्छ
मेरो पिडा मलाई भन्दा बडी
बाआमालाई छ, भन्ने सुन्छु
सायद मेरो पिडा केहि हैन होला लाग्छ
बाआमाको नाक काटेको
बारम्बार कानमा बजिरहन्छ
पढेरपनि मेरो क्षेमता रहेनछ
दिमागमा यो कुरा खेलि रहन्छ
ऐना हेर्दा आफ्नै अनुहार
नचिन्ने भाको पाकोछु
खै के पाप गरे
खै कसको मन दुखाए
खै किन मेरो मिहिनेत कम भयो
जिन्दगीले किन जिउदै मेरो प्राण लियो
खै यो लास कतिबेर उभिने हो
मन रून्छ तर आँखाबाट आँशु झर्न छाडिसक्यो
पिडा हुन्छ तर घाउ दुख्न छाडिसक्यो
अब त म बोलि भएर पनि
बोल्न नसक्ने भाकोछु
आँखा भएर पनि अन्धो भाकोछु
कान भएर पनि सुन्न नसक्ने भाकोछु
अचेल साश फेर्न सक्ने लास भाकोछु
अब नयाँ बिहानी सँगै
मेरो राम्रो दिन आउने आश लिएकोछु
आफूले आफैलाई ढुङ्गा हुनबाट रोकिराखेकोछु
यहि आशा एउटै मात्र छ अब
अलि कति रहेको मन नटुटोस अब
फेरि सुनौलो बिहानीको आश लिएकोछु
यहि भन्दै मनलाई समाल्दैछु
यहि भन्न दिमागलाई अह्राउँदैछु
बस, त्यो सुनौलो बिहानीको प्रतिक्षामाछु।।