फुलको बासनामा चमेली तिमी
फुलैफुलको माझमा गुलाब तिमी
स्वरको धनी तिमी, कोइली जस्तो
गाजलु आँखा तिम्रो, मृगको नेत्र जस्तो
बयान तिम्रो कमै गर्दा राम्रो हैनर
बयान गर्थे अझैँ तर शब्दनै छैन र
रमको नसा भन्दापनि नसालु तिमी
अब्सरा भन्दापनि सुन्दरी तिमी
तिम्रो सामु राम्रो लाग्दैन कोहि पनि
बयान गर्न शब्दनै कम छन्, भन्छु गनि
लगाउँछौ की प्रेम तिमी मसंग पनि
आँउछौ कि तिमी मेरो जीवनमा बेहुली बनि।।